
२१ असार, काठमाडौँ । एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दैछ । तास्केन्तस्थितमा नेपाल र उज्बेकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ ।
समूह एफमा दुवै टिमले भुटान र लाओसलाई पछि पार्दै शीर्ष दुईमा पुगेका हुन् । समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपाली महिला फुटबलका लागि महत्त्वपूर्ण छ ।
प्रकाशित मिति : २०८२ असार २१ गते शनिवार