२०८२ फाल्गुन २५ गते सोमवार | 2026 March 9th Monday

बेलायतमा आप्रवासन नियममा ठूलो परिवर्तन, ११२ पेसाहरू अब योग्य नेपालीलाई कति असर ?

"Major Changes in UK Immigration Rules"

लन्डन । बेलायतको संसदमा मङ्गलवार नयाँ आप्रवासन सम्बन्धी नियमहरू प्रस्तुत गरिएका छन् जुन २२ जुलाईदेखि लागू हुनेछन्। यस परिवर्तन अन्तर्गत सीप स्तर र तलब सीमा वृद्धि, सामाजिक हेरचाह क्षेत्रमा विदेशी श्रमिकको भर्तीमा रोक र सयभन्दा बढी व्यवसायहरू अब आप्रवासन प्रणालीमा समावेश नहुने भएका छन्। नयाँ नियम अनुसार दक्ष श्रमिक भिसाका लागि आवश्यक न्यूनतम सीप स्तर अब नियन्त्रित योग्यताको रूपरेखा (आरक्युएफ) ६ अर्थात् स्नातक स्तर कायम गरिनेछ। आरक्युएख ईग्ल्याडको शिक्षा प्रणालीमा प्रयोग हुने आधिकारिक स्तर निर्धारण गर्ने संरचना हो । यस पछि अब आरक्युएफ ३ देखि ५ सम्मका रहेका ११२ पेसाहरू अब योग्य रहने छैनन्। साथै, सामान्य दक्ष श्रमिकका लागि तलब सीमा £३८,७०० बाट £४१,७०० सम्म बढाइनेछ भनिएको छ।

रोमाञ्चक भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

स्वास्थ्य र हेरचाह भिसाधारीहरूको तलब सीमा भने राष्ट्रिय तलब मापदण्ड अनुसार पूर्ववत् £२५,००० नै कायम रहनेछ। हाल आरक्युएफ ३ देखि ५ स्तरमा कार्यरत श्रमिकहरूले नयाँ नियम लागू भएपश्चात् पनि यदि उनीहरूले पेसागत तलब सीमा पुरा गरेमा, आफ्नो भिसा नवीकरण, रोजगारी परिवर्तन, निर्भर परिवार ल्याउने, र सहायक काम गर्न पाउनेछन्।

नयाँ व्यवस्थाअनुसार, सामाजिक हेरचाह क्षेत्रमा अब नयाँ विदेशी श्रमिक भर्ती गर्न सकिने छैन। अबदेखि केवल आप्रवासन तलब सूची र अन्तरिम अस्थायी अभाव सूचीमा रहेका पेसाहरूमा मात्र सीमित समयको लागि अन्तर्राष्ट्रिय भर्ना गर्न पाइनेछ तर निर्भर परिवार ल्याउने अनुमति भने हुने छैन।

यो नियम लागु हुने भए पछि रोजगारदाताहरूले आफ्ना कामदारहरूलाई सीप स्तर र तलब सीमा परिवर्तनबाट असर पर्ने कर्मचारीहरू पहिचान गरी उनीहरूलाई स्पष्ट जानकारी दिनु। पर्ने, सम्भव भए सम्म २२ जुलाई २०२५ भन्दा पहिले नयाँ वा नवीकरण हुने भिसा आवेदनका लागि प्रायोजन प्रमाणपत्र ९कोस० जारी गर्नु पर्ने , जुन तीन महिनासम्म मान्य रहनेछ।

त्यस्तै आप्रवासन तलब सूची र अन्तरिम अस्थायी अभाव सूचीमा रहेको भूमिकाहरूको समीक्षा गर्ने, यदि आरक्युएफ ३–५ स्तरका पेसाहरू सूचीमा नरहेमा, ती पेसाहरू अब प्रायोजन योग्य हुने छैनन् भनिएको छ। यस्तै यदि सूचीमा रहेका आरक्युएफ ३–५ स्तरका पेसाहरूमा श्रमिक भर्ती गर्नु परेमा, उनीहरूलाई निर्भर परिवारको प्रतिबन्धसम्बन्धी स्पष्ट जानकारी दिनु पर्ने उल्लेख छ।

यसै गरी सीपस्तरमा पनि कडाइ गरिएको छ। जस्तो दक्ष श्रमिक भिसाका लागि आवश्यक न्यूनतम सीप स्तर अब आरक्युएफ ३ (ए-लेवल) बाट आरक्युएफ ६ (स्नातक स्तर) पुर्‍याइनेछ। यसबाट सबै क्षेत्रका ११२ पेसाहरू अब अयोग्य ठहरिनेछन् भनिएको छ। यद्यपि, सङ्क्रमण अवधि कायम रहनेछ जसअन्तर्गत २२ जुलाईभन्दा अघि नै भिसा लिएका वा प्रायोजन प्रमाणपत्र जारी गरिएका श्रमिकहरूले आरक्युएफ ३–५ स्तरका पेसामा काम गर्न सक्नेछन्, चाहे ती पेसा नयाँ सूची अन्तरगत परे वा नपरे मनि ।

यसै गरी परिवर्तित नियममा तलब सीमा वृद्धि सम्बन्धमा पनि नयाँ प्रावधान राखिएको छ। जस अन्तरगत स्वास्थ्य तथा हेरचाह भिसाका अधिकांश नयाँ वा नवीकरण आवेदकहरूलाई राष्ट्रिय तलब मापदण्ड अनुसारको तलब वा £२५,०००, जुन बढी हो, त्यो तलब दिनुपर्नेछ। यो नियममा १ जुलाईमा घोषणा गरिएको परिवर्तनले कुनै प्रभाव पर्ने छैन भनिएको छ।

तर, २२ जुलाईबाट नयाँ आवेदन तथा नवीकरण भिसामा तलब सीमा तथा गोइङ रेट वृद्धि हुने उल्लेख छ। यसका लागि कुनै सङ्क्रमण अवधि रहने छैन भनी उल्लेख गरिएको छ। तर

अप्रिल २०२४ पछिका लागिभने सामान्य दक्ष श्रमिकका लागि तलब सीमा £३८,७०० बाट £४१,७०० हुनेछ। त्यस्तै नयाँ श्रमिक वा आप्रवासन तलब सूचीमा परेका पेसाहरूका लागि यो सीमा £३०,९६० बाट £३३,४०० हुनेछ । त्यसै गरी अप्रिल २०२४ भन्दा अगाडि प्रणालीमा रहेकाहरूको हकमा भने तलब सीमा £२९,००० बाट £३१,३०० मा वृद्धि हुनेछ भनिएको छ।

यसै गरी परिवर्तित अर्को नियममा आप्रवासन तलब सूची र अन्तरिम अस्थायी अभाव सूची हेरफेर गरिएको छ। आप्रवासन तलब सूची सन् २०२६ को अन्त्यसम्म कायम रहने भनिए पनि तर क्रमशः हटाइनेछ भनिएको छ। हाल यस सूचीमा परेका स्वास्थ्य तथा हेरचाह क्षेत्रका पेसाहरू तलब सीमा £२५,००० वा पेसागत दर जुन बढी हो त्यो लागु हुने छ।

केयर वर्करहरू र वरिष्ठ केयर वर्करहरू सूचीमा परे पनि नयाँ भिसा आवेदन अब स्वीकार गरिने छैन। हाल कार्यरत रहेका श्रमिकहरूका लागि देशभित्रको परिवर्तन आवेदन २२ जुलाई २०२८ सम्म खुला रहनेछ।

त्यसै गरी, अस्थायी अभाव सूची पनि कार्यान्वयनमा ल्याइनेछ जसले उद्योग रणनीति र पूर्वाधार निर्माणका लागि मात्र सीमित पेसाहरूमा अन्तर्राष्ट्रिय भर्ती गर्न अनुमति दिनेछ भनिएको छ। त्यस्तै पहिला सूचीमा रहेका तर अहिले अयोग्य घोषित स्वास्थ्य पेसाहरूमा पाँचवटा स्वास्थ्य पेसाहरू राखिएको छ।

जुन नयाँ सीप स्तर पूरा नगर्नेमा सूचीमा राखिएको छ। जुन आप्रवासन तलब सूची वा अस्थायी अभाव सूचीमा दुवैमा परेका छैनन्। तसर्थ, ती पेसाहरूमा अब स्पन्सरसीप उपलब्ध हुनेछैन। जस आन्तर्गत स्वास्थ्य अभ्यास प्रबन्धक,मेडिकल र डेन्टल प्राविधिक ,अन्य स्वास्थ्य सहायक पेसा, एम्बुलेन्स स्टाफ (प्यारामेडिक बाहेक) र डेन्टल नर्सहरू रहेका छन् भने यसाई आप्रवासन सल्लाहकार समितिले यी सूचीहरू, तलब, र सुविधा लगायतका विषयमा समीक्षा गर्नेछ। त्यस्तै अस्थायी अभाव सूचीमा परेका पेसाहरूले कुनै तलब वा भिसा शुल्क छुट पाउने छैनन्। यी पेसाहरूको सूची सन् २०२६ को अन्त्यसम्म मात्र मान्य हुनेछ र त्यसपछि कायम राख्ने कि हटाउने निर्णय स्वतन्त्र समितिले गर्नेछ।

त्यस्तै आरक्युएफ ३–५ स्तरमा परेका पेसाहरूमा प्रायोजित हुने श्रमिकहरूले अब निर्भर परिवार ल्याउन पाउने छैनन्। तर, आरक्युएफ ६ वा सोभन्दा माथि स्तरका पेसा वा पहिले नै प्रणालीभित्र रहेका श्रमिकहरूमाथि यो प्रतिबन्ध लागु हुनेछैन भनिएको छ। यसै गरी अब केयर वर्कर र वरिष्ठ केयर वर्करले अब नयाँ भिसा आवेदन गर्न सक्ने छैनन्। यद्यपि, २२ जुलाई २०२८ सम्मको सङ्क्रमण अवधि हुनेछ जसमा अन्य भिसाबाट परिवर्तन वा विस्तार गर्न सक्नेछन् । आवेदन गर्नुभन्दा कम्तीमा तीन महिना पहिले श्रमिकले कानुनी रूपमा प्रायोजकसँग कार्यरत हुनु पर्ने भनिएको छ।

यस परिवर्तनसँगै नयाँ श्रमिकका लागि प्रायोजन दिनुअघि, अब घरेलु श्रमिकको पुलबाट भर्ती प्रयास गर्नु पर्ने सर्त हटाइनेछ। तर, क्षेत्रीय साझेदार संस्थाहरूसँग समन्वय गरेर विस्थापित श्रमिकहरूलाई रोजगारी दिने सिफारिस भने कायमै हुनेछ भनिएको छ।

यो नयाँ नियमले नर्सिङ सहायक पेशाको दुरुपयोग रोक्न स्पष्ट व्यवस्था थपिने जसले गर्दा केवल दर्ता प्राप्त नर्सहरू कार्यरत हुने वातावरणमा मात्र लागू हुने व्यवस्था गर्नेछ भनिएको छ। यस्तै वर्षको अन्त्यसम्म लागु हुने अन्य परिवर्तनहरूमा

आप्रवासन सीप शुल्कमा ३२ प्रतिशत वृद्धि गरिने, भाषा आवश्यकतामा व्यापक कडाइ र नयाँ पारिवारिक नीतिगत ढाँचा संसदमा प्रस्तुत गरिने उल्लेख छ। यो परिवर्तनले बेलायतको आप्रवासन प्रणालीमा आमूल सुधार ल्याउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस