२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

बागमतीका मुख्यमन्त्री बानियाँले २७ साउनमा विश्वासकाे मत लिने

हेटाैंडा । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासकाे मत लिने भएका छन् ।

२० साउनमा बगमती प्रदेशकाे छेठाैं मुख्यमन्त्रीकाे रूपमा नियुक्त बानियाँले २७ साउनमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासकाे मत लिने भएका हुन् ।

बानियाँले बागमती प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्ने भएकाले सभामुख भुवनकुमार पाठकले २७ गते दिउँसाे ४ बजे प्रदेशसभा बैठक आह्वान गरेकाे प्रदेशसभा सचिवालयका सभा सचिव रामकुमार पाैडेलले जानकारी दिए ।

मुख्यमन्त्री नियुक्त भएकाे ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २०८२ साउन २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस