काठमाडौँ । २०२६ एएफसी यु–२० महिला एसिया कप छनोटको दोस्रो खेलमा नेपालले शुक्रबार साउदी अरबलाई पराजित गरेको छ । भुटानको चाङलिमिथाङ स्टेडियममा सम्पन्न खेलमा नेपाल १–० गोलले विजयी बनेको हो ।
खेलको अन्तिम मिनेटमा सुक्रिया मियाँले निर्णयाक गोल गर्दै नेपाललाई जित दिलाइन् । यसअघि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।
पहिलो खेलमा नेपाल भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । अब नेपालले तेस्रो खेलमा आइतबार उत्तर कोरियाको सामना गर्नेछ ।
नेपाल समूह ए मा रहेको छ । यो समूहमा भुटान, उत्तर कोरिया र साउदी अरब रहेका छन् । २०२६ एएफसी यु–२० महिला एसिया कप प्रतियोगिताको १२ औँ संस्करण हो । यो प्रतियोगिता सन् २०२६ को १ अप्रिलदेखि थाइल्यान्डमा खेलिनेछ ।
प्रकाशित मिति : २०८२ साउन २४ गते शुक्रवार

