२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

उत्तर कोरियासँग ११-० ले हारेसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो

Nepal Eliminated from Tournament After 11–0 Defeat to North Korea

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को पराकिलो अन्तरले पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको हो ।

समूहको सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंक जोडेर समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२० महिला एसियन कपमा छनोट भएको छ । उत्तर कोरिया साविक विजेता समेत हो । उत्तर कोरियाले छनोटमा कूल ३६ गोल गर्दा कुनै गोल बेहोरेन ।

छनोटमा नेपालको यो पहिलो हार हो र यो हारपछि नेपालको छनोट हुने सम्भावना सकिएको छ । नेपालले ३ खेलबाट ४ अंक जोड्यो । नेपालले पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दा साउदी अरेबियासँग १-० ले विजयी भएको थियो ।

छनोटमा ८ समूहको विजेता सिधै छनोट हुनेछ भने उपविजेता हुने मध्ये उत्कृष्ट ३ टोली पनि अन्तिम चरणमा छनोट हुने प्रावधान छ । तर ५ वटा समूहमा दोस्रो हुने टिमको यसअघि नै ६ अंक भएकोले नेपालको उत्कृष्ट दोस्रो हुने सम्भावना पनि सकिएको छ । नेपालले भुटान र साउदीलाई हराएर उत्तर कोरियासँग बराबरी खेल्दै छनोट हुने लक्ष्य राखेपनि सफल हुन सकेन ।

 

प्रकाशित मिति : २०८२ साउन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस