२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

आजैबाट घट्यो केही इन्धनको मूल्य, केहीको यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो । निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ । पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभेन पोइन्ट मूल्य कायम गरिएको निगमले जनाएको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

तपाईको मनले चाहे अनुसारको भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८२ भाद्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस