२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

ओली चीनबाट फर्केपछि एमाले सचिवालय बैठक आह्वान, एजेण्डामा के छन् ?

हरेक न्यूजमा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

 काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) दिउँसो ३ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। यो प्रधानमन्त्री ओलीले आफ्नो पाँच दिने भ्रमण सक्काएर स्वदेश फिर्ता भएपछि हुन लागेको पहिलो बैठक हो।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा शुक्रबारदेखि आइतबारसम्म ललितपुरमा हुने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीबारे छलफल हुनेछ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि पनि छलफल हुने छ।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस