२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

देउवा दम्पत्ति र मन्त्री खड्काको सम्पत्ति छानबिन, कसरी हुन्छ अनुसन्धान ?

काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी धर्मपत्नी आरजु राणा देउवा र उर्जामन्त्री दीपक खड्काको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही प्रमाण संकलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) पठाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतका अनुसार, “पूर्वप्रधानमन्त्री देउवा, उहाँकी धर्मपत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवा र उर्जामन्त्री दीपक खड्काको सम्पत्तिबारे केही प्रमाण संकलन भएको थियो। ती प्रमाणको वस्तुपरकता र यथार्थ परीक्षण गर्न डीएफएलमा पठाइएको हो।”

विभागले देउवा दम्पत्ती र मन्त्री खड्काको घरमा आगजनीपछि स्थलगत रुपमा पुगेर प्रमाण संकलन गरेको थियो। संकलित सामग्रीमा पैसा, खरानी, र घरको भिडियो पनि समावेश थियो। केही रकम छरेको र उडाएको अवस्था भेटिएको थियो। विभागका अधिकारीहरूले अनौपचारिक कुराकानीको आधारमा थप प्रक्रिया अघि बढाएका छन्।

के छन् आरोप ?

  • शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भूमिगत गिरोह परिचालन गरेको आरोप खेल्ने आरजु राणा देउवा सार्वजनिक पदको दुरुपयोगमा संलग्न भएको आरोपमा मुछिएकी छिन्।

  • नक्कली शरणार्थी प्रकरणमा समेत उनका नाम जोडिएको छ।

  • उर्जामन्त्री दीपक खड्कामाथि पदको दुरुपयोग र स्वार्थसापेक्ष काम गरेको आरोप छ।

देउवा परिवारलाई केही वर्षयताका घटनाक्रमअनुसार सार्वजनिक पदको दुरुपयोग र अनियमितताको श्रृङ्खलामा संलग्न मानेको छ। यसमा मुख्यसचिव नियुक्ति, नेपाल टेलिकमको बिलिंग प्रणाली, सुरक्षण मुद्रण केन्द्र र पेमेन्ट गेट–वेका निर्णयहरू पनि जोडिन्छन्।

कसरी हुन्छ अनुसन्धान ?
सम्पत्ति शुद्धीकरण सम्बन्धी कानून अनुसार, केही निश्चित प्रमाण नभेट्दा मुद्दा चलाउन सकिँदैन। तर गैरकानूनी सम्पत्ति भेटिएमा स्वतः भ्रष्टाचारको आरोप लाग्छ। विभागले भेटिएका प्रमाण अख्तियारमा पठाउन सक्छ।

२०४८ सालपछिका अधिकांश वर्ष सार्वजनिक पदमा रहेका देउवा दम्पत्तिले सम्पत्तिको वैध स्रोत पुष्टि गर्न नसके भ्रष्टाचारको सामना गर्नुपर्ने अवस्था आउनसक्छ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस