२०८२ भाद्र २८ गते शनिवार | 2025 September 13th Saturday

अफगानिस्तानमा फेरि भूकम्पको धक्का, मृत्यु हुनेको संख्या २२ सय कट्यो

काठमाडौं । भूकम्पमा परी अफगानिस्तानमा मृत्य हुनेको संख्या २ हजार २०० नाघेको छ। गत आइतबार मध्येरातमा पाकिस्तानसँग सिमा जोडिएको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको थियो।

बिहीबारसम्म मृत्यु हुनेको संख्या २ हजार २०५ पुगेको तालिबानी सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। घाइतेहरूको संख्या ३ हजार ५ सय नाघेको छ। तीमध्ये धेरै जना गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ।

६ म्याग्निच्युडको भूकम्पपछि पनि पराकम्पनहरू आइरहेका छन्। दुईपटकसम्म ५ म्याग्निच्यूडभन्दा बढी तीव्रताका भूकम्प गइसकेको छ। बिहीबार राति ८:५६ बजे ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। सो पराकम्पनबाट थप मानिसको मृत्यु भएको रिपोर्ट आएको छैन। यद्यपि कुनार र नांगरहर क्षेत्रका मानिसहरू सेल्टरबाट बाहिर निस्किएका थिए।

यसअघि मंगलबार पनि ५.५ म्याग्निच्युडको पराकम्प आएको थियो। उक्त पराकम्पनले राहत र उद्धार कार्य प्रभावित भएको थियो।

प्रकाशित मिति : २०८२ भाद्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस