२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

जेन जी र्‍यालीलाई बालेनको समर्थन, दल र नेताहरूलाई दिए चेतावनी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सोमबार हुने ‘जेन जी’ पुस्ताको र्‍यालीलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्। उनले उक्त र्‍यालीमा कुनै पनि राजनीतिक दल, नेता वा अभियन्ताले स्वार्थका लागि ‘बाठो’ नबन्न चेतावनी दिएका छन्।

सरकारले दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि युवाहरूले विरोध स्वरूप माइतीघर मण्डलालगायत देशका प्रमुख सहरहरूमा प्रदर्शन आह्वान गरेका हुन्।

शाहले आइतबार सामाजिक सञ्जालमार्फत र्‍याली २८ वर्षमुनिका युवाहरूको स्वतःस्फूर्त आन्दोलन भएको उल्लेख गर्दै आफू उमेर हदका कारण सहभागी हुन नमिल्ने बताए। तर, उनले युवाको सोच, उद्देश्य र माग सुन्न जरुरी रहेको भन्दै आफ्नो ‘भरपुर समर्थन’ रहने स्पष्ट पारे।

‘प्रिय जेनजी, भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनु हुन्छ ?’ भन्दै उनले युवाप्रति प्रश्नसमेत गरेका छन्।

थप पढ्नुहोस्

 

प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस