२०८२ भाद्र ३१ गते मङ्गलवार | 2025 September 16th Tuesday

बुधबार देशव्यापी सार्वजनिक बिदा, गृहले जारी गर्यो सूचना

काठमाडौं । सरकारले भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शनमा ज्यान गुमाउनेहरूको सम्मानमा बुधबार (भदौ ३१) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयद्वारा मंगलबार जारी सूचनामा जनाइएको छ कि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने र नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘भाद्र २३ र २४ गते भएको प्रदर्शनमा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप २०८२ असोज १ गते सार्वजनिक बिदा दिने निर्णय नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भएको व्यहोरा सबैमा जानकारीका लागि प्रकाशित गरिएको छ।’

548258679_1340153334268223_3765614829291592150_n

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस