२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

देश रोएको बेला मेयर बालेन र हर्क साम्पाङको घोचपेच, कसले के भने?

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहप्रति कडा आलोचना गरेका छन्। उनले देश शोकमा डुबिरहेको बेला बालेन गेम खेल्दै र स्टाटस लेख्दै बस्ने गरेको आरोप लगाएका छन्।

साम्पाङले मंगलबार अपराह्न फेसबुकमार्फत प्रश्न उठाउँदै लेखेका छन्, ‘लुकेर गेम खेल्दै स्टाटस लेख्न सजिलो छ। देशले कति गुमायो थाहा छ? देश रोएको बेला ऊ हाँस्दै बसेको छ।’

यसअघि बालेनले साम्पाङले जति गाली गरे पनि आफूले उनलाई माया गर्न छोड्ने नसक्ने भन्दै फेसबुकमा प्रतिक्रिया दिएका थिए। उनले साम्पाङलाई सम्बोधन गर्दै, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो,’ भनेका थिए।

साम्पाङले भने जेनजी आन्दोलनपछि बालेन अगाडि नआएको भन्दै लगातार आलोचना गर्दै आएका छन्।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस