२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

भारतीय राजदूतले प्रधानमन्त्रीलाई भेटे, यी हुन चर्चाका विषय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार शिष्टाचार भेट गर्नुभएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो। प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यदेश निर्वाचन सम्पन्न गर्न सहयोगको लागि आग्रह गर्नुभयो।

उक्त अवसरमा राजदूत श्रीवास्तवले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गर्दै नेपाल–भारत बिचको मित्रता र सहयोग सम्बन्धलाई थप सुदृढ गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

श्रीवास्तवले असल छिमेकीको नाताले नेपालको आवश्यकताअनुसार भारतको सहयोग रहने कुरा पनि स्पष्ट गर्नुभयो। साथै, आगामी असोज २ गते भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता हुने तयारी रहेको जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस