२०८२ भाद्र ३० गते सोमवार | 2025 September 15th Monday

आज सुनको मूल्य बढ्यो, चाँदी हालसम्मकै उच्च विन्दुमा

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सोमबार बढेको छ । चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार बजारमा छापावाला सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सुनको सो मूल्य हालसम्मकै उच्च हो ।

त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाउदै बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । आईतबारको बजारमा चाँदी दुई हजार ५७० रुपैयाँमा खरिदबिक्री भईरहेको थियो । आज सोमबारको बजारमा चाँदी २ हजार ५७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस