२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

जेनजी आन्दोलन : आफ्नै घरमा कुटिएका देउवाको पछिल्लो अवस्था के छ ?

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य सुधारोन्मुख रहेको छ। कांग्रेस नेता डा. शेखर कोइरालाले सभापतिको स्वास्थ्यबारे निरन्तर अपडेटमा रहेको बताएका छन्।

‘चीन भ्रमणपछि शुक्रबार र शनिबार सभापतिको स्वास्थ्यबारे जानकारी लिएको थिएँ। आइतबार उहाँले सम्पर्क गरेर बिस्तारै ठिक हुँदैछ भन्नुभएको थियो,’ कोइरालाले भने।

डा. कोइरालाले पार्टीभित्र आन्तरिक गुटउपगुट भए पनि बाह्य आक्रमणको विरोधमा एकजुट हुनुपर्ने बताएका छन्। उनले जेनजी आन्दोलनकारीद्वारा देउवा र उनकी पत्नी डा. आरजु राणामाथि गरिएको आक्रमणको कडा निन्दा पनि गरेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस