२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

गृहमन्त्री अर्यालको पहिलो बोल्ड निर्णय : जेनजीबारे लिए यस्तो निर्णय

काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गर्दै जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक घोषणा गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा शपथग्रहणपछि मन्त्रालय पुगेका उनले यो निर्णय गरेका हुन्।

अर्यालले राष्ट्रिय झण्डा आधा झुकाउने र मृतक परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार एक–एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरे। साथै, मृतकको शव घरसम्म पुर्‍याउने जिम्मेवारी सरकार लिने बताए।

पदभार ग्रहणका क्रममा उनलाई गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतले स्वागत गरेका थिए।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस