२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

ओली र लेखकलाई पक्राउ गर्न बालेनको दबाब, सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक चलिरहेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक केहीबेरअघि सुरु भएको हो।

बैठकअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श गरेका थिए। पछिल्ला घटनाक्रमका कारण सरकारले कडा राजनीतिक र जनदबाबको सामना गर्नुपरेको छ।

सरकारमाथि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग तीव्र बनेको छ। जेन–जी आन्दोलनका क्रममा गोली चलाउन आदेश दिएको आरोप लगाउँदै काठमाडौं महानगर प्रमुख बालेन शाहले निरन्तर दबाब दिँदै आएका छन्।

तर, अहिले चलिरहेको मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे भने कुनै जानकारी सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस