२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

कार्की सरकारमा मन्त्री पठाउने भन्दै ८ जनाको नाम भाइरल, को-को हुन् ? (नामसहित)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सरकारमा जाने भनिएका नयाँ मन्त्रीहरूको सूचीसहितको पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि जेनजी अभियन्ताहरूले त्यसको कडा खण्डन गरेका छन्।

आन्दोलनमा सक्रिय प्रतिनिधि रक्षा बमले आफ्नो हस्ताक्षर किर्ते गरी नक्कली कागजात सार्वजनिक गरिएको बताएकी छन्। उनले यसबारे उजुरी दिने तयारी भइरहेको जानकारी दिइन्।

सामाजिक सञ्जालमा सार्वजनिक पत्रमा जेनजी प्रतिनिधिहरूले युवाहरूका नाम मन्त्रीका रूपमा सिफारिस गरेको भनिएको छ। तर रक्षा बम र युजन राजभण्डारीले सो पत्रमा रहेका आफ्ना हस्ताक्षर नक्कली भएको दाबी गरेका छन्।

रक्षाले आफू, युजन, प्रदीप ज्ञवाली, मनिष खनाल, यतिश ओझा र आदित्य कर्णलगायतले औपचारिक उजुरी दिने तयारी गरेको बताइन्।

त्यसैबीच प्रवेश दाहालले पनि उक्त बैठकमा आफू सहभागी नभएको र कुनै कागजमा हस्ताक्षर नगरेको स्पष्ट पारेका छन्।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस