२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

काठमाडौंमा अप्सराको हत्या : आफ्नै डेरामा यस्तो अवस्थामा भेटिइन्, श्रीमान् समातिए

काठमाडौं। काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकमा ४० वर्षीया विमला तामाङ (अप्सरा कार्की) को हत्या भएको छ।

हत्या आरोपमा उनका श्रीमान्, संखुवासभा खाँदबारी–६ का ३५ वर्षीय छिरिङ (तेन्जिङ) शेर्पालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो अप्सरा आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीका अनुसार, दम्पतीबीच विवाद भएपछि तेन्जिङले कुटपिट र ढुंगाले प्रहार गरी अप्सराको हत्या गरेका हुन्। गौशाला प्रहरी वृत्तबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस