२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

कार्की सरकारको साहसी निर्णय : चीनसहित ११ देशका राजदूत एकसाथ फिर्ता बोलाइयो

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा राजनीतिक नियुक्ति भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार चीन, जर्मनी, इजरायल, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाइने भएका छन्।

उनले भने कि सम्बन्धित राजदूतहरूलाई कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको छ।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस