२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

यी हुन् राष्ट्रपतिसँग वार्ता गर्न शीतल निवास पुगे दर्जन बढी जेनजी (नामसहित)

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी प्रतिनिधिहरूबीच शीतल निवासमा छलफल जारी छ। बिहीबार अपराह्न साढे ५ बजेदेखि राष्ट्रपति पौडेलले जेनजीका प्रतिनिधिसँग भेटघाट गरिरहेका छन्।

छलफलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र जेनजीका विभिन्न प्रतिनिधिहरू सहभागी छन्। जेनजीतर्फ मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी लगायतका प्रतिनिधिहरू उपस्थित छन्।

छलफलको उद्देश्य र निष्कर्षबारे अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक भएको छैन।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस