२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

काठमाडौं सुन्धाराको होटलमा दुई भारतीयको डरलाग्दो धन्दा, २० लाखको कुराले पोल खुल्यो

काठमाडौँ। नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका पञ्जाबका २४ वर्षीय परमप्रित सिंह र २८ वर्षीय लवप्रित सिंहले भारत हरियाणाका २६ वर्षीय अङ्कित कुमारलाई अष्ट्रेलिया पठाइदिने भन्दै काठमाडौं ल्याएर बन्धक बनाएका थिए।

प्रहरीका अनुसार उनीहरूले पीडितलाई सुन्धारास्थित होटल न्यू जोमसोमको कोठा नं ६ मा बन्धक बनाएर २० लाख रुपैयाँ फिरौती मागेका थिए। सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी छ। पक्राउ परेकासँग विभिन्न कम्पनीका चार मोबाइल फोन पनि बरामद भएका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक २ गते शनिवार
प्रतिक्रिया दिनुहोस