२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

ओलीमाथि सेनाको ब्यारेकमा यस्तो व्यवहार, एक महिनापछि आफैंले खोले रहस्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मोबाइल फोन सेनाले सिज गरेको दाबी गरेका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि आफू सेनाको ब्यारेकमा रहेको र त्यसबेला सम्पर्क गर्न नपाएको बताए।

उनका अनुसार, ‘’राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ। प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म मैले मोबाइल लिन पाएको थिइनँ। मेरो मोबाइल फोन सिज गरिएको थियो,’’ ओलीले भने।

ओलीले सेनाको सुरक्षामा रहँदा बाहिरी सम्पर्क टुटेको उल्लेख गर्दै यसलाई आपतकालीन परिस्थितिको जस्तो अवस्था भनेका छन्। उनको यो भनाइ सामाजिक सञ्जालमा अहिले तीव्र रूपमा चर्चामा छ।

प्रकाशित मिति : २०८२ कार्तिक ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस