२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

गृहमन्त्री अर्यालले बोलेको झुटको पर्दाफास, आफ्नै घरबाट लाइभ आए पूर्वमन्त्री

काठमाडौं । निवर्तमान ऊर्जामन्त्री दीपक खड्का सोमबार आफ्नै क्षतिग्रस्त घरबाट फेसबुकमा लाइभ आएका छन्। यो कदम गृहमन्त्री ओमप्रकाश अर्यालले खड्का देश छोडेर भागेको दाबी गरेपछि आएको हो।

लाइभमा खड्काले जेनजी पुस्ताले गरेको आन्दोलन जायज भए पनि त्यहाँ देखिएका अदृश्य शक्तिका कारण देशको भविष्य र नागरिकको अधिकारमाथि प्रश्न उठेको बताए। उनले भने, “देश नै रहने कि नरहने, हामीले नेपाली भन्न पाउने कि नपाउने अवस्था आएको छ। निर्वाचनमा सहभागी हुने वा नहुने निर्णय पार्टीले गर्ने छ, तर राजनीतिक दलहरूले समान धारणा बनाएर अघि बढ्नुपर्छ।”

उनले आफ्नै घरबाट प्रत्यक्ष संवाद गर्दै नागरिकमा सचेतना जगाउने प्रयास गरे।

प्रकाशित मिति : २०८२ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस