२०८२ कार्तिक १२ गते मङ्गलवार | 2025 October 28th Tuesday

संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर भूकम्प धक्का 

काठमाडौं । संखुवासभा जिल्लाको किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान करिव साढे ७ बजेतिर उक्त क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी हालसम्म कुनै पनि मानविय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिबारे सोध–पुछ कार्य चलिरहेको छ । प्रहरीले उक्त क्षेत्रमा बिहानैदेखि आवश्यक विवरण संकलन गरीरहेको छ ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस