२०८२ चैत्र २५ गते बुधवार | 2026 April 8th Wednesday

विस्तार नहुँदै काण्डै काण्डले लफडामा कार्की सरकार : एउटाको नाम का`टियो, अर्कोको शपथ रोकियो

काठमाडौं — मन्त्री नियुक्तिको तयारी पूरा भइरहेका बेला भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथग्रहण रोकिएको छ। स्रोतका अनुसार श्रेष्ठ शपथअघि विवादमा मुछिएका कारण प्रधानमन्त्री सुशीला कार्कीले उनको शपथ तत्कालका लागि रोक्ने निर्णय गरेकी हुन्।

सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन तयारी गरिएको श्रेष्ठलाई पछि मन्त्रालय परिवर्तन गरिएको थियो। तर, हालसम्म उनको शपथ रोकिनुको कारण सार्वजनिक गरिएको छैन।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको पनि शपथ रोकिएको छ। सामाजिक सञ्जालमा चौतर्फी आलोचना र प्रहरीको फरार सूचीमा उनको नाम देखिएपछि प्रधानमन्त्री कार्कीले तत्काल मन्त्री नबनाउने निर्णय गरेकी थिइन्।

प्रधानमन्त्री कार्कीले सुनारसहित चार जनालाई मन्त्री बनाउने सिफारिस गरेकी थिइन्। तर, विवादका कारण दुई जनाको शपथ रोकिँदा अब डा. सुधा शर्मा गौतम र बब्लु गुप्ता मात्र शपथ ग्रहण गर्ने गरेका छन्।

गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते आइतवार
प्रतिक्रिया दिनुहोस