२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

काठमाण्डौँमा ह्वात्तै बढ्यो जाडो, तापक्रम एकै दिनमा २ डिग्री सेल्सियस घट्यो !

काठमाण्डौँ । दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो छ।
यसै क्रममा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५,४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियसमा झरेको हो।

यसअघि हिजो बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.४ डिग्री सेल्सियस थियो। यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८स्४५ बजे सार्वजनिक हुन्छ। त्यतिबेला अहिलेको भन्दा तापक्रम थौरै घट्न पनि सक्छ अथवा यत्ति नै रहन पनि सक्छ।

बुधबार भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.८ डिग्री सेल्सियस थियो। अक्टोबर लाग्नुभन्दा अघिचाहिँ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस थियो । मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ । मौसमविद्का अनुसार न्यूनतम बिहान ८,४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५,४५ बजे मापन गरिन्छ ।

 

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस