२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

नेकपा एस फुट्यो! यी हुन् झलनाथ-घनश्याम समूहमा खुलेर लागेका नेताहरू

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य धर्म निरौलाले सम्मानित नेता झलनाथ खनाललाई अब नेतृत्वबाट अलग हुनुपर्ने बताएका छन्। माओवादीसँगको एकता निर्णयपछि अलग पार्टी बनाउने तयारीमा रहेको भेलाअघि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको नेतृत्व महासचिव घनश्याम भुसालले लिनुपर्ने बताएका हुन्।

उनका अनुसार झलनाथ खनाल संरक्षकको भूमिकामा रहँदै, महासचिव भुसाल संयोजक बन्नुपर्छ। निरौलाले सबै कम्युनिस्ट पार्टीहरूलाई पुनर्गठन गर्ने अभियान अघि बढाउने र एक साताभित्र राष्ट्रिय कार्यकर्ता भेला गरेर आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने जानकारी दिए।

यसबीच, सुकेधारामा नयाँ रणनीति तय गर्न नेताहरूबीच बैठक भइरहेको छ। भेलामा झलनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विजय पौडेललगायत ८४ जना नेता सहभागी भएको बताइएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस