२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

८२ यात्रु लिएर काठमाडौं उडेको जहाजको इन्जिन फेल भएपछि…

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान इन्जिन फेल भएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार २ बालकसहित ८२ जना यात्रु बोकेको विमानमा हाइड्रोलिक समस्या देखिएपछि दिउँसो १२ बजे सुरक्षित अवतरण गराइएको हो।

उनका अनुसार पाइलटले समस्या देखिएपछि तुरुन्त रेस्क्यु प्रक्रिया अघि बढाई सबै यात्रुलाई सुरक्षित अवतरण गराइएको थियो। अर्को विमानमार्फत यात्रुलाई काठमाडौं पठाउने तयारी भइरहेको छ।

श्री एयरलाइन्सको प्राविधिक टोली काठमाडौंबाट भैरहवा पुगेर विमानको जाँचपछि मात्र समस्या स्पष्ट हुने विमानस्थलले जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस