२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

महिला प्रधानाध्यापकमाथि विव्यस अध्यक्षले गरे कार्यकक्षमै आ`पत्तिजनक हर्कत, जोहरी दर्ता

काठमाडौं। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीले आफूलाई कुटपिट गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश (खाम्सोङ) तामाङविरुद्ध जाहेरी दिएकी छन्।

इलाका प्रहरी कार्यालय नवलपुरका इन्सपेक्टर मधु खड्काका अनुसार भण्डारीले आज जाहेरी दिएकी हुन्। उनले भने, “जाहेरी आएको छ, दर्ता भएको छैन, मुचुल्का उठाएपछि भोलि दर्ता हुनेछ।”

हिजो विद्यालय व्यवस्थापन समितिको बैठकका क्रममा अध्यक्ष तामाङले गाली गर्दै भण्डारीमाथि कुटपिट गरेको आरोप लागेको छ। कुटपिटबाट उनको गाला र आँखामा चोट लागेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार, बैठक बोलाउने पत्रमा मिति नमिलेको भन्दै तामाङले प्रअ भण्डारीमाथि आक्रमण गरेका थिए।

सो घटनाप्रति नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिका समितिले घोर भर्त्सना गर्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेको छ। महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानाध्यापकलाई गाली बेइज्जत गर्दै शारीरिक आक्रमण गरिएको हुँदा सम्बन्धित निकायले तामाङलाई छिटो कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ।”

स्थानीय शिक्षकका अनुसार, कार्यकक्षमै अध्यक्ष तामाङले भण्डारीमाथि हातपात गरेका थिए। बैठक बोलाउने पत्रमा मिति फरक भएको विषयलाई लिएर विवाद सुरु भएको थियो।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बुधवार
प्रतिक्रिया दिनुहोस