२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

एमाले अध्यक्ष ओलीलाई तनाव, केन्द्रीय सदस्य नै प्रचण्डको पार्टीमा मिसिए

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

बाजुरा निवासी शाह सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलका नेता समेत थिए। पार्टी प्रवेश समारोहमा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गणतन्त्र नेपालका निर्माता भन्दै सम्बोधन गरे र एमाले अध्यक्ष केपी शर्मा ओली माथि तीव्र आलोचना गरे।

उनले भने, “ऋतु बदलिए, मौसम बदलिए तर केपी शर्मा ओलीको अहंकार बदलिएको छैन, दम्भ बदलिएको छैन।” शाहले ओलीले भीम रावलको आवाज दबाउने प्रयास गरेको आरोप पनि लगाए।

उनका अनुसार, देश संकटमा परेका बेला सबै कम्युनिस्टहरू एकताबद्ध हुनुपर्ने आह्वान युगले गरेको छ। शाहको प्रवेशसँगै प्रचण्ड नेतृत्वको नयाँ पार्टीमा एमाले पृष्ठभूमिका नेताहरूको आकर्षण बढ्दै गएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस