२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

दल खोलेर चुनाव लड्ने विषयमा पहिलोपटक खुलेर बोले गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले कुनै राजनीतिक दल नखोल्ने र आगामी निर्वाचनमा पनि नलड्ने स्पष्ट पारेका छन्।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले यो कुरा बताएका हुन्।

बैठकमा राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले उनलाई “दल खोलेर चुनाव लड्ने हो कि?” भनेर प्रश्न गरेका थिए। त्यसको जवाफमा गृहमन्त्री अर्यालले स्पष्ट भने — “दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ।”

उनको यो अभिव्यक्तिले हालैका राजनीतिक अड्कलबाजीहरूलाई अन्त्य गरेको संकेत मिलेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस