२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

सर्वोच्चको आदेशले उल्टियो मधेसको राजनीति : अब के हुन्छ?

काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय तत्काल रोक्न आदेश जारी गरेको छ । सभामुखले कात्तिक २७ गते जसपाका चार र नागरिक उन्मुक्तिका एक गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए।

पदमुक्त सूचीमा जसपाका मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनरका साथै नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंह परेकी थिइन्। सभामुखको कदमविरुद्ध उनीहरूले सर्वोच्चमा रिट दायर गरेपछि न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार ती पाँच जना सांसदलाई अहिले पदमुक्त नगर्न आदेश जारी गरेको हो।

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस