२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

मधेशमा ठूलो राजनीतिक ‘भुइँचालो’ : सभामुख मण्डल पदमुक्त, अब के भयो?

जनकपुरधाम। मधेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएलगत्तै सर्वपक्षीय बैठकले उनका करार कर्मचारी हटाउने लगायत महत्वपूर्ण निर्णयहरू गरेको छ।

बुधबार सभामुखमाथिको महाअभियोगको विश्वास छलफलका लागि बोलाइएको बैठक अघि विजुली काटेको विषयमा प्रहरीले छानबिन गर्न पनि सर्वपक्षीय बैठकले आग्रह गर्ने निर्णय गरेको छ।

त्यसैगरी, महाअभियोग प्रस्ताव दर्तादेखि पारितसम्म असहयोग गर्ने प्रदेशसभा कर्मचारीलाई स्पष्टीकरण सोध्ने निर्णय समेत सर्वदलीय बैठकले गरेको सांसदले जानकारी दिएका छन्।

उपसभामुख बबिता राउत इशरले बोलाएको यस बैठकमा विवादित मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता सरोजकुमार यादव पनि सहभागी थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस