२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

एमालेको युथ भोलेन्टियर फोर्सका प्रमुख विवादित, होस उडाउने फाइल खुल्यो

काठमाडौं। नेकपा एमालेले गठन गरेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड सार्वजनिक भएको छ, तर यसको नेतृत्व विवादमा तानिएको छ। माइतीघरस्थित कार्की बान्क्वेटमा आयोजित कार्यक्रममा एमाले जनसंगठन संयोजक भानुभक्त ढकालले ११ सदस्यीय कमाण्ड घोषणा गर्दै प्रमुख पदमा पुष्पराज श्रेष्ठलाई नियुक्त गरेका छन्।

तर, यो जिम्मेवारी पाएका श्रेष्ठ आफैं सातभन्दा बढी मुद्दा खेपिसकेका विवादित व्यक्ति हुन्। प्रहरीको सीआरएस अनुसार उनीमाथि ज्यान मार्ने उद्योग, अपहरण, अभद्र व्यवहारदेखि ठेकदारलाई धम्क्याउनेजस्ता गम्भीर मुद्दा दर्ता छन्।

श्रेष्ठलाई पछिल्लो पटक २०७५ भदौ २६ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठेकदारलाई धम्क्याएको आरोपमा पक्राउ गरेको थियो। उनले युएसएलदेखि वाईसीएल, एमालेनिकट युवा संघ हुँदै अहिले एमालेको ‘भोलेन्टियर फोर्स’ प्रमुखसम्मको यात्रामा अपराधका दर्जनौँ आरोप बोकेका छन्।

२०६३ सालदेखि लगातार ज्यान मार्ने प्रयास, कुटपिट, लुटपाटदेखि अपहरणसम्मका मुद्दा खेपेका श्रेष्ठलाई एमालेले किन र कसरी महत्वपूर्ण जिम्मेवारी दियो भन्ने प्रश्नले राजनीतिक वृत्त तताएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस