२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

बाबुराम र जनार्दनसहितका नेताहरू एक ठाउँमा, राजनीतिक हलचल मच्चाउने ठूलो घोषणा

काठमाडौं। मङ्सिर ७ गते बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, र सन्तोष परियार नेतृत्वको समूहबीच राजनीतिक एकता घोषणा हुने भएको छ।

वृहत् एकता घोषणासभाको तयारी तीव्र गतिमा अघि बढेको नेसपा (नयाँ शक्ति) का प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिए। राष्ट्रिय सभागृह, काठमाडौँमा हुने कार्यक्रममा तीन घटक बाहेक अन्य समूहलाई पनि समावेश गर्ने गरी छलफल भइरहेको छ।

नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो। एकता सभा कार्यक्रममा नयाँ र वैकल्पिक पार्टीलाई मात्र निम्तो दिइनेछ। अतिथिको सूचीबारे दिउँसो बैठकमा निर्णय हुने गुरुङले बताए।

यसैगरी नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल र जेनजीका विभिन्न समूहसँग पनि एकताको संभावना खोजिरहेको छ, तर अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस