२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

फागुन २१ को चुनाव : कांग्रेस-एमालेको अडानले तनावमा कार्की सरकार

Kp Sharma Oli with Sher Bahadur deuba

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले कांग्रेसको अनिर्णय अन्त्य गर्दै चुनावमा जानुपर्ने निष्कर्ष निकालेको हो।

यस निर्णयसँगै नेकपा एमालेमाथि चुनावी दबाब बढेको देखिएको छ। एमालेले खुलेर निर्वाचनमा नजाने निर्णय भने अझै गरेको छैन, तर पार्टीका विभिन्न बैठक र सभाहरूमा वर्तमान सरकारले चुनाव गराउन नसक्ने दाबी गर्दै आएको छ।

कांग्रेसले अन्य राजनीतिक दलहरूलाई पनि उत्साहपूर्वक निर्वाचनमा भाग लिन आह्वान गरेको छ। तर एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सुरक्षा अवस्था अनिश्चित भएकाले चुनाव सम्भव नभएको बताउँदै दलहरूलाई चुनावमा नजान उक्साएका छन्।

एमाले नेताहरू भने निर्वाचन विरोधी नभएको दाबी गर्दै संसद् पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूको मत अनुसार मात्र देशमा शान्ति–सुरक्षा कायम हुँदा निर्वाचन सम्भव हुनेछ।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस