२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

पूर्वसभामुख महराबारे पाटन उच्च अदालतको यस्तो आदेश, के भन्यो ?

काठमाडौँ । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई भेप सुन तस्करी प्रकरणमा २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा साप्कोटाको संयुक्त इजलाशले पुर्पक्षका लागि थुनामा रहेका महरालाई धरौटीमा छाड्ने निर्णय गरेको हो।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा उनीविरुद्ध सीआइबीले अनुसन्धान गरेको थियो। महराले आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन्।

सरकारी वकिलले महराविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गत ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो मागेका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस