२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

जेनजी अगुवासँगको भेटपछि प्रधानमन्त्री कार्कीको कडा निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेनजी आन्दोलनका प्रतिनिधिसँग छलफल गर्दै सरकार र आन्दोलनकारीबीच हुने सम्झौताको मस्यौदालाई चाँडै अन्तिम रूप दिन निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा छिटो हस्ताक्षर गर्न आग्रह गरेका थिए। प्रेस संयोजक रामबहादुर रावतका अनुसार सरकारका अधिकारीहरू दस्तावेज अध्ययन गरी अन्तिम रूप दिने प्रक्रियामा छन्।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, अब यो विषय धेरै लम्ब्याउन नहुने, सम्भव भएसम्म आज वा भोलि काम पूरा गर्नुपर्ने। “सोमबारभित्रमा अन्तिम रूप दिइएको हुनुपर्छ। हस्ताक्षरका कारण केही व्यहोर्नुपरे म बेहोरौँला। मेरो सिङ्गो मन्त्रिपरिषद्ले जिम्मेवारी लिन्छ,” उहाँले स्पष्ट गर्नुभयो।

प्रकाशित मिति : २०८२ मङ्सिर १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस