२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

खाडी जान्नेलाई सुनौलो मौका : वायुसेवा निगमले ल्यायो विशेष छुट

काठमाडौं — नेपाल वायुसेवा निगमले खाडी मुलुक जान्ने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ।

निगमले दमाम, दोहा, दुबई र मलेसियाको क्वालालाम्पुर जाने श्रमिकको यात्रा सहज बनाउन १० प्रतिशत छुट दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। प्रत्येक उडानमा १० वटा सिटमा पुरानो भाडामा १० प्रतिशत छुट लागू हुनेछ।

श्रमिकहरूले आवश्यक कागजातसहित निगमका नेपालस्थित टिकट काउन्टरमार्फत यो सुविधा लिन सक्नेछन्। निगमले विश्वास व्यक्त गरेको छ कि यसबाट श्रमिक यात्रुलाई विशेष सुविधा र सहुलियत मिल्नेछ।

प्रकाशित मिति : २०८२ मङ्सिर १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस