२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

प्रदेशमा नयाँ राजनीतिक संकट : सांसदको पद खारेज गर्न पत्राचार

जनकपुरधाम। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशन बेवास्ता गर्दै मधेश प्रदेशमा वन तथा वातावरण मन्त्री बनेकी कञ्चन विच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाउने तयारी भइरहेको छ।

राप्रपाको एक मात्र समानुपातिक सांसद विच्छा गत २४ कात्तिकमा मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा बिनाविभागीय मन्त्री बनेकी थिइन्। ८ मंसिरमा उनलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएका थिए।

तर राप्रपाले उनलाई मन्त्री पद छोड्न निर्देशन दिइसकेको थियो। अटेर गरेपछि राप्रपाले राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३ अनुसार आवश्यक कारबाहीका लागि प्रदेशसभालाई पत्राचार गरेको छ।

मुख्य सचिव केदारबहादुर अधिकारीको हस्ताक्षरसहित पठाइएको पत्र प्रदेश सभा सचिवालयले उपसभामुख बबिता राउत ईशरलाई बुझाएको छ। उपसभामुखले कानुन विज्ञसँग छलफल गरी आवश्यक सूचना प्रकाशन गर्ने बताएकी छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस