२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

भाषण गर्दा भीम रावल चिप्लिएपछि हाँसोको वर्षा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलको भाषण पोखरास्थित एकता सन्देश सभामा उपस्थितलाई हाँसोले भरिदिएको छ।

रावलले सुरुमा एमालेको आगामी निर्वाचनमा बहुमत ल्याउने कुरा उल्लेख गर्दा आफ्नै सम्बोधनमा ‘नेपाली कम्युनिस्ट पार्टीको यात्रालाई रोक्न नसकिने’ भनि सच्याए। तर उनको भाषणको मुख्य भाग ओलीमाथि तीव्र आलोचना थियो।

उनी ओलीको दम्भ र अहंकारले कम्युनिस्ट आन्दोलनलाई क्षति पुर्‍याएको आरोप लगाउँदै, ओलीलाई ‘नालायक कमान्डर’ भनेका छन्। रावलले बालुवाटारमा संकटको समयमा प्रधानमन्त्री भागेको घटना उदाहरण दिँदै, देशको नेतृत्वप्रति प्रश्न उठाएका छन्।

यसअघि माधव नेपालले पनि नेकप (एकीकृत समाजवादी)बाट भोट माग्दै एमालेको आलोचना गरेका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस