२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

विवेकशील साझा रास्वपामा एकता भएपछि नक्खुबाट रविले पठाए तीन सन्देश (पूर्ण सूचीसहित)

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्खु कारागारबाट विवेकशील साझा पक्षसँग जोडिएका नेताहरूलाई तीनवटा सन्देश पठाएका छन्।

आइतबार आयोजित कार्यक्रममा उपसभापति तथा राजनीतिक संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले लामिछानेका सन्देश वाचन गरे। उनले बताएअनुसार, पहिलो सन्देशमा एकतामा जोडिनुभएका सबैलाई न्यानो स्वागत छ। दोस्रो, अबदेखि दुवै पक्ष एउटै परिवार भएको कुरा सम्झाउने।

तेस्रो सन्देशमा लामिछानेले केही समय विश्राम लिन र “कुलिङ पिरियड” राख्न आग्रह गरेका छन्। उनले दुवै पक्षलाई मिडियाको सनसनी, टीआरपी र भ्यूजको पछि नलाग्न, ट्रोलिङ वा हेडलाइनमा नपर्न चेतावनी दिएका छन्।

वाग्लेले लामिछानेको विशेष आग्रह सुनाउँदै भने, “मिडियामा तानेर बोलाइदिने, चिप्ल्याइदिने, त्यसैलाई ट्रोल बनाउने प्रवृत्तिले हाम्रो उद्देश्यमा बाधा पुर्‍याउँछ। त्यसमा नतानिन आग्रह छ।”

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस