काठमाडौँ । दान बहादुर कार्की नेपाल प्रहरीले आफ्नो ३३ औँ महानिरीक्षक (आईजीपी) पदमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्रीले जानकारी दिए।
हालको आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी कार्तिक २६ मा अवकाशमा जानेछन्। खापुङले भदौ १९ देखि प्रहरी कमाण्ड समाल्दै आएका थिए।
आईजीपीको प्रतिस्पर्धामा कार्कीसँगै एआईजी राजन अधिकारी, डा. मनोज कुमार केसी, र एआईजी शिद्धी बिक्रम शाह थिए। कार्की २०८२ वैशाखमा एआईजीमा बढुवा भएका थिए र वरीयता सूचीमा पहिलो नम्बरमा थिए। उनले २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। यदि प्रहरी ऐन र नियमावलीमा कुनै फेरबदल नभए, कार्की २०८४ चैत १७ सम्म संगठनको नेतृत्व गर्नेछन्।
कार्कीको नेतृत्वमा प्रहरी संगठनले जटिल र चुनौतीपूर्ण प्रकरणहरूमा सफलता हासिल गरेको छ। २०८० मा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा उनले जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख भएर महत्वपूर्ण भूमिका खेलेका थिए। यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा र अन्य उच्च पदस्थ अधिकारीहरू अनुसन्धान र अभियोजनको दायरामा छन्।
कार्कीले जेएनजि प्रदर्शन, उपत्यका प्रहरी कार्यालयमा चुनौतीपूर्ण जिम्मेवारी र शरणार्थी प्रकरण जस्ता घटनाहरूमा आफ्नो नेतृत्वदायी क्षमता देखाएका छन्।

