२०८३ असार २७ गते शनिवार | 2026 July 11th Saturday

रास्वपालाई ठूलो धक्का : जिल्ला सभापतिले नै दिए राजीनामा

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन्। तर उनले पार्टी छोडेको भने अस्वीकार गरेका छन्।

विष्टले भने, ‘पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएकैले जिल्ला सभापतिबाट राजीनामा दिएको हुँ।’

राजीनामाअघि आइतबार उनले जिल्ला कार्यसमितिको बैठक समेत बोलाएका थिए। बैठकमा सहभागीहरूले राजीनामा नदिन दबाब दिए पनि उनले धेरै सोचविचारपछि पद छोड्नु नै उचित ठानेका हुन्।

पार्टीको प्रचलनअनुसार उनले राजीनामा बागमती प्रदेश समितिमा बुझाएका छन्। विष्ट २०७९ को प्रतिनिधिसभा चुनावमा रास्वपाको तर्फबाट काठमाडौँ-१० बाट उम्मेदवार बनेका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस