२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

एनपीएलमा आज दुई खेल कर्णाली र लुम्बिनी तथा विराटनगर र काठमाडौँ भिड्दै, फेरियो समय

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल टी २० क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्दै छन् । खेलको समय फेरिएको छ । यो खेल बिहान ११ः१५ बजेदेखि नै हुनेछ । यसअघि पहिलो खेल ११ः४५ बजे हुँदै आएको थियो । दुवै टिम दोस्रो खेल खेल्दैछन् । लुम्बिनीले पहिलो खेल जितेको थियो भने कर्णालीले हारेको थियो ।

दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाज भिड्दै छन् । खेल दिउँसो ३ः३० बजेदेखि शुरू हुँदैछ । दोस्रो खेल यसअघि ४ बजेदेखि हुँदै आएको थियो । विराटनगरले दोस्रो खेल खेल्दैछ । पहिलो खेल विराटनगरले जितेको थियो । काठमाडौँले तेस्रो खेल खेल्दैछ । पहिलो खेल जितेको काठमाडौँले दोस्रो खेल हारेको थियो ।

अंक तालिका
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिम लगातार दुई जितसहित ४ अंकबाट शीर्ष स्थानमा छ । विराटनगर र लुम्बिनीले शतप्रतिशत नतिजासहित २ अंक बटुलेका छन् । काठमाडौँ र चितवनले एक खेलमा जित र एकमा हार बेहोरेको छ । पोखराले दुवै खेल हारेको छ । जनकपुर र कर्णालीले एक एक खेल हारेका छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस