काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा एमाले निकट युवा संघ नेपालले साइबर ब्युरोमा उजुरी दिएको छ।
संघले बालेनले सामाजिक सञ्जालमा लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र राष्ट्रियता कमजोर बनाउने खालको रहेको भन्दै कारबाहीको माग गरेको हो।
अध्यक्ष क्षितिज थेबेका अनुसार शनिबार मध्यराति बालेनले चीन, भारत, अमेरिका र नेपाली दलहरूको नामसमेत उल्लेख गरी अश्लील शब्द प्रयोग गरेका थिए। उनले स्टाटस हटाए पनि त्यसको स्क्रिनशट भाइरल भएको थियो।
साइबर ब्युरोले उजुरी प्राप्त भएको र दर्ता प्रक्रिया जारी रहेको पुष्टि गरेको छ।
प्रकाशित मिति : २०८२ कार्तिक २१ गते बिहिवार

