२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

मन्त्रिपरिषद् बैठकले गर्‍यो २७ महत्वपूर्ण निर्णय (सूचीसहित)

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले मंगलबार प्रमुख निर्णयहरू पत्रकार सम्मेलनमार्फत घोषणा गरेका छन्।

सरकारले कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गरेको छ। साथै राष्ट्रिय आर्थिक गणना सञ्चालनका लागि प्रशासनिक तथा आर्थिक मापदण्ड २०८२ पनि पारित गरिएको खरेलले जानकारी दिए।

भदौ २३ र २४ को आन्दोलनका क्रममा भएको सार्वजनिक तथा निजी सम्पत्तिको क्षति मूल्याङ्कन गर्ने र पुनर्निर्माण योजना बनाउने समितिको कार्यावधि ३० दिन थपिएको छ।

त्यस्तै भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरिएको छ। नेपाली सेनाका तीन सहायक रथीको कार्यकाल थपिएको र एक महासेनानीको राजीनामा स्वीकृत भएको खरेलले बताए।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस