२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

शैक्षिक भ्रमण गएकी १८ वर्षीया किशोरीको रहस्यमय मृत्यु, राति ११ बजे भयो घटना

काठमाडौं । पर्यटकीय नगरी चितवनको सौराहामा घुम्न गएकी एक किशोरीको होटलको चौथो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत स्नेहा विद्यालयको शैक्षिक भ्रमणका क्रममा पूर्वी चितवनको रत्ननगर–६ सौराहास्थित पार्क साइड होटलमा बसेकी थिइन्। राति करिब ११ बजे होटलको चौथो तलाको झ्यालबाट खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। उनलाई तत्काल उपचारका लागि रत्ननगर बकुहलर अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले ११:४५ बजे मृत घोषणा गरेका थिए।

स्नेहाको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस