२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

नख्खुबाट भागेर विराटनगरमा समातिएका गुप्ताबारे गम्भीर खुलासा

काठमाडौं । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय नागरिकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।

मोरङ प्रहरीले पक्राउ गरेका ५५ वर्षीय निपुन गुप्ता भारत घर भएका मनोरला गुप्ताका छोरा हुन्। प्रहरीले जनाएअनुसार उनी गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएका थिए।

लामो समयदेखि फरार रहेका गुप्ता मोरङको विराटनगर महानगरपालिका–७ मा लुकीछिपी बसिरहेको सूचनाका आधारमा आइतबार राति उनलाई पक्राउ गरिएको हो। पक्राउ परेका गुप्तालाई पुनः नख्खु कारागार पठाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस